दफा १०
मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुने
(१) कसैले पनि मतदान गर्दा मतदान सम्बन्धी प्रचलित सङ्घीय कानून वा आयोगले तोकेको प्रक्रिया उल्लङ्घन गर्न हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।